सुनको मूल्य आज सामान्य वृद्धि, कारोबार कतिमा ?

admin

काठमाडौं, १० पुस : शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको भएको छापावाल सुन शुक्रबार १ सय रुपैयाँ बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया