नेप्से आज साढे ३ अङ्कले घट्यो

admin

काठमाडौं, २१ पुस : शेयर बजार परिसूचक नेप्से मंगलबार सामान्य घटेको छ । नेप्से ३ दशमलव ५४ अङ्कले घटेर २ हजार १ सय ६५ दशमलव ४९ विन्दुमा झरेको छ । विकास बैंक, जलविद्युत् र निर्जीवन बीमा समूहबाहेक अरू समूहको शेयर ओरालो लागेको छ ।

बैंक, होटल, फाइनान्स, उत्पादन, अन्य, जीवन बीमालगायतका समूहको शेयर सामान्य घटे पनि व्यापार समूहको शेयर भने १ सय ४६ अङ्कले ओरालो लागेको छ । सोमबार दुई सय ६ कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब ५६ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ६९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै गुमाए । तर समग्र बजार घटे पनि सात वटा कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् ।

प्रतिक्रिया