फेरि बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २२ पुस : सुनचाँदीको मूल्य फेरि उकालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन बढेर तोलमा ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।

यसअघि साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ थियो भने सोमबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको भने मंगलबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भयो ।

यस्तै तेजावी सुन बुधबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३४० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया