अहिलेसम्म के-के भयो, अमेरिकाको क्यापिटलमा ट्रम्प समर्थकद्वारा गरिएको प्रदर्शनमा ?

admin

एजेन्सी, २३ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले बुधबार वाशिङ्गटनको क्यापिटल हिल क्षेत्रमा प्रदर्शन गर्दै प्रहरीसँग भिड्ने क्रममा क्यापिटल बिल्डिङ नै क’ब्जा गरेका थिए । राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई क्यापिटलमा जान र नोभेम्बर २०२० को चुनावी नतिजा उल्ट्याउन आह्वान गरेपछि यो आ’क्रमण भएको हो ।

आधिकारिक रुपमा यूएस क्यापिटल हिंसामा अहिलेसम्म चार जनाको ज्यान गएको छ । तीमध्ये एक ‘ट्रम्प-समर्थक’ महिलाको प्रहरीको गो’ली लागेर ज्यान गएको थियो, अस्पताल लैजाँदा गर्दा उनको ज्यान गएको थियो । प्रहरीकाअनुसार बाँकी तीन जनाको निधन ‘मेडिकल इमर्जेन्सी’ का क्रममा भयो । प्रदर्शनकारीको भिड सिनेटसम्म पुग्न सफल भयो जहाँ केही मिनेटअघि चुनाव परिणाम प्रमाणित गरिएको थियो ।

भिडबाट निस्केको एक व्यक्ति मञ्चसम्म पुगे, एक रिपोर्टकाअनुसार ती व्यक्तिले चिच्याएर भने, ‘त्यो चुनाव डोनाल्ड ट्रम्पले जितेका थिए ।’ यो प्रर्दशका आधारमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सन् २०२० को चुनावमा जितको प्रमाणपत्र नमिलोस् भन्नका लागि यो भिडले अमेरिकी कांग्रेसको कारबाही रोक्न चाहेको प्रेरित हुन्छ । 

वाशिङ्गटन डीसी प्रहरीका एक वरिष्ठ अधिकारीले प्रहरीले दुई वटा पाइप बम भेटाएको बताएका छन् । भेटिएका बममध्ये एउटा डेमोक्रेटिक नेशनल कमिटी र अर्को रिपब्लिकन नेशनल कमिटीको बाहिरपट्टि राखिएको थियो । प्रहरीले अरु केही हतियार पनि फेला पारेको छ । ट्रम्पले प्रदर्शनकारीको भिडलाई ‘निकै खास’ बताए र उनीहरुको प्रशंसा गरे । राष्ट्रपति ट्रम्पले ‘चुनावमा व्यापक धाँ’धली भएको’ निराधार दाबी गर्दै हिं’सालाई उचित ठहर गरे ।

हिं’साका क्रममा एक भिडियोमा डोनाल्ड ट्रम्पले प्रदर्शनकारीलाई घर फर्किन अपिल गरेका थिए, जसलाई पछि ट्विटर, फेसबुक र युट्युबबाट हटाइएको थियो । तर त्यस भिडियोमा ट्रम्पले चुनावमा धाँ’धली भएको झु’ट्टा दाबी गर्नुले नै उनका समर्थक भड्किएको बताइएको छ । ट्विटर, फेसबुक र इन्स्टाग्रामले यस हिं’सापछि राष्ट्रपतिको आधिकारिक एकाउण्ट बन्द गरेको छ ।

यी सामाजिक सञ्जाल वेबसाइट्सकाअनुसार- ‘ट्रम्पले मानिसलाई भड्काइरहेका छन् र आफ्ना दाबीमार्फत उनीहरुलाई भ्रमित गराइरहेका छन् ।’ साथै फेसबुकले प्रदर्शनको सबै भिडियो र फोटो बेवसाइटबाट हटाउने बताएको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पसँग ‘यस घेराबन्दीको अन्त्य गर्न माग’ गरेका छन् ।

विलमिङ्टनमा भाषणाका क्रममा बाइडेनले भने, ‘यो विरोध होइन । यो उत्पातलाई विश्वले हेरिरहेको छ ।’ अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले पनि यस हिं’सालाई उत्पात र विद्रोहको संज्ञा दिएका छन् । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले भने, ‘इतिहासले क्यापिटलमा भएको हिं’सालाई राष्ट्रको अपमानको रुपमा याद राख्नेछ । यो हिं’साबाट हैरान हुनुपर्ने कारण छैन । लगभग दुई महिनादेखि तयारी थालिँदै थियो । एक राजनीतिक दल र उनका समर्थक मिडियाले सत्यता नदेखोस् भन्ने माहोल बनाइरहेका थिए ।’

क्यापिटलमा प्रदर्शनकारीद्वारा गरिएको हङ्गामाको चार घण्टापछि अधिकारीहरुले ‘क्यापिटल पूर्णरुपमा सुरक्षित रहेको र जो बाइडेनको जित प्रमाणित गर्ने कारबाही सुरु गर्न गइरहेको’ घोषणा गरे । क्यापिटलमा ट्रम्प-समर्थक घुस्नु अमेरिकी इतिहासमा सबैभन्दा खराब सुरक्षा उल्लङ्घन भएको बताइएको छ । क्यापिटलबाट भिड बाहिर निस्किएपछि सबै सिनेटरहरूलाई बाइडेनको जितको प्रमाणीकरण गर्नका लागि फेरि सिनेट कक्षमा ल्याइएको थियो ।

उपराष्ट्रपति माइक पेन्सको सम्बोधनबाट संयुक्त-सत्रको सुरुवात भयो । उनले भने, ‘यो अमेरिकी इतिहासमा एक कालो दिन हो । यो ऐतिहासिक क्षेत्रलाई बचाउनका लागि आफ्नो ठाउँ नछोड्नेप्रति हामी आभारी छौँ । जसले क्यापिटलमा कहर निम्त्याउन चाहे, उनीहरुले जित्न सकेनन् ।’ यसै क्रममा वाशिङ्टन डीसी प्रहरीका प्रमुख रोबर्ट कोनटीले भने, ‘प्रहरीले ५० भन्दा धेरैलाई गि’रफ्तार गरेको छ । अधिकांशलाई क’र्फ्युको उल्लङ्घनको आरोपमा गि’रफ्तार गरिएको हो ।’अमेरिकी नेता इल्हान ओभर र एलेक्साण्ड्रिया ओकासियो कोर्टेजले डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको कारबाही हुनुपर्ने बताएका छन् ।

अमेरिकी क्यापिटल भवनको चारैतर्फ सडकमा बाक्लो संख्यामा प्रहरी तै’नाथ गरिएको छ । वाशिङ्गटनका मेयरले पूरै रातका लागि क’र्फ्यु लगाएका छन् । अमेरिकाको राजधानी वाशिङ्गटन डीसीमा मेयरले १५ दिनसम्म सार्वजनिक आपत्काल लगाएका छन् । मेलेनिया ट्रम्पकी चिफ अफ स्टाफ स्टेफनी ग्रिशामले क्यापिटल हिं’सापछि राजीनामा दिएको बताइएको छ । यो हिं’सालाई लिएर विश्वभरका नेताहरूले आलोचना गरेका छन् । अधिकांश नेताहरूले ‘यस प्रकारको हिं’सा लोकतन्त्रको लागि खतरा’ भएको बताएका छन् ।

प्रतिक्रिया