शेयर बजार झण्डै १६ अङ्कले बढ्यो

admin

काठमाडौं, २३ पुस : शेयर बजार परिसूचक नेप्से बिहीबार झण्डै १६ अङ्कले बढेको छ । नेप्से १५ दशमलव ९१ प्रतिशतले बढेर २ हजार १ सय ९४ दशमलव ८४ विन्दुमा पुगेको छ । बिहीबार अन्यबाहेक अरू सबै समूहको शेयर बढेको छ ।

व्यापार समूहको शेयर १ सय १२ अङ्कले, उत्पादन समूहको १ सय १५ अङ्कले, निर्जीवन बीमा समूहको १ सय ४४ अङ्कले, जीवन बीमाको ३८ र बैंक समूहको शेयर १३ अङ्कले बढेको छ । बिहीबार दुई सय आठ कम्पनीका एक करोड १७ लाख ६७ हजार कित्ता शेयर पाँच अर्ब ८७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै प्रभु बैंकको ३१ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । बिहीबार मल्टिपर्पोज फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि एभरेस्ट बैंक र खानीखोला हाइड्रोका शेयरधनीले तीन प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया