आज एकैदिन २३ सय रुपैयाँ घट्यो सुनको मूल्य

admin

काठमाडौं, २६ पुस : आइतबार एकैदिन सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ । गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा २३ सयले नै झरेर ९२ हजार ५ सय कायम भएको छ । यसैगरी चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेकाले नेपाली बजारमा पनि मूल्य अस्थिर भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया