प्रधानमन्त्री ओलीले भ्रम छरिरहेका छन्, हामीलाई मान्यता दिइएन भने चुप लागेर बस्दैनौँ : नेपाल

admin

काठमाडौं, ७ फागुन : नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छरिरहेको बताएका छन् । पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली अहिले पनि साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको बताएका हुन् ।

‘ओलीले अझै विभिन्न किसिमका भ्रमहरु छरिरहेका छन् । पूर्व एमालेहरु मिल्नुपर्छ । यति मानिस यता आए भनेर व्यापक भ्रम फिजाइरहेका छन् । त्यो भ्रममा नपर्न म सबै केन्द्रीय सदस्यहरुलाई आग्रह गर्छु’, नेपालले बैठकमा भने, ‘यो विचारको लडाई हो ।’

उनले केपी ओली टुक्रेर नेकपाबाट बाहिरिएको भन्दै उनी ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो समाप्त भएको बताए । ‘घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेका छन्’, नेपालको भनाइ छ । उनले आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुई तिहाई सदस्य हुँदा पनि निर्वाचन आयोगले आधिकारिकता नदिए चुप लागेर नबस्ने चेतावनी दिए ।

‘हामीसँग दुई तिहाइ छ । यति हुँदा पनि हामीलाई मान्यता दिइएन भने चुप लागेर बस्दैनौँ । जस्तोसुकै आन्दोलन गर्नुपरेपनि गर्न तयार छौँ,’ अध्यक्ष नेपालले थप थप आन्दोलनको संकेत गरेका थिए ।

प्रतिक्रिया