मकवानपुरको राक्सिराङमा स्थानीय र प्रहरीबीच झ’डप, पाँच जना घाइते

admin

मकवानपुर, ९ फागुन : मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झ’डप हुँदा पाँच जना घाइते भएका छन् । झ’डपमा तीन जना प्रहरी र दुई जना स्थानीय बासिन्दा घाइते भएका वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं प्रवक्ता मीरा चौधरीले जानकारी दिइन् ।

FIle Photo

राक्सिराङको कुपिनटारमा भएको झ’डपलाई नियन्त्रणमा लिन प्रहरीले दुई रा’उण्ड ह’वाई फायरसमेत गरेको छ । गाँ’जा नस्ट गरेर फर्केको प्रहरी टोली र स्थानीय बासिन्दाबीच विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन ह’वाई फा’यर गर्नुपरेको चौधरीले बताइन् ।

राक्सिराङ गाउँपालिका-१ का कान्छाराम रुम्बालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तर राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङले पक्राउबारे आपत्ति जनाएकी छिन् । प्रहरीले बारीमा लुकाएर राखेको अवस्थामा शनिबार १८ क्विण्टल गाँ’जा बरामद गरी नस्ट गरेको थियो ।

प्रतिक्रिया