आज नेप्से साढे तीन अङ्कले बढ्यो

admin

काठमाडौं, ९ फागुन : शेयर बजार आइतबार साढे तीन अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ३ दशमलव ६६ अङ्कले बढेर २६ सय ४० अङ्कमा पुगेको हो । आइतबार जलविद्युत् समूहको शेयर ८३ अङ्कले, अन्यको ३९ अङ्कले, विकास बैंकको २९ अङ्कले, ट्रेडिङको १६ अङ्कले र होटलको १२ अङ्कले बढेको छ ।

जीवन बीमा समूहको शेयर तीन सय ६१ अङ्कले, निर्जीवन बीमा समूहको ८३ अङ्कले र माइक्रोफाइनान्सको ४५ अङ्कले घटेको छ । आइतबार दुई सय सात कम्पनीका दुई करोड ४३ लाख कित्ता शेयर आठ अर्ब ८३ करोड रुपैयाँमा कारोबार भए ।

सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ६१ करोड र निफ्राको ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आइतबार माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

बेस्ट फाइनान्स कम्पनी, किसान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने तीन प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।

प्रतिक्रिया