आज सात हजार भन्दा धेरैमा संक्रमण पुष्टि, थप २७ जनाको ज्यान गयो

admin

काठमाडौं, १९ बैशाख : आइतबार नेपालमा सात हजार दुई सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा आइतबार तीन हजार पाँच सय ९५ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा दुई हजार सात सय ८४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय एक जनामा संक्रमण देखिएको हो । यस्तै कोरोना संक्रमणका कारण थप २७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन हजार तीन सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।

यस्तै एक हजार ६ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ८३ हजार नौ सय ९४ पुगेको छ । अहिले ४८ हजार सात सय ११ जना सक्रिय संक्रमित रहेकोमध्ये चार सय ७७ जना आइसोलेशनमा र एक सय १३१ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया