निषेधाज्ञामा थप कडाइका साथ संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्छ : प्रधानमन्त्री

admin

काठमाडौं, २० बैशाख : प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताए । उनले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गरेका छन् ।

स्वास्थ्य मापदण्डको पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उनको भनाइ छ । कोरोना संक्रमणको पहिलो लहरमा अपनाइएको सावधानीका कारण महामारी फैलिन नपाएको र अहिले दोस्रो लहरमा पनि त्यस्तै सावधानी अपनाउन ओलीले जोड दिए ।

यस्तै प्रधानमन्त्री ओलीले कुनैपनि अस्पतालले शय्या लुकाए कारवाही गर्ने बताएका छन् । ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने भन्दै अस्पतालहरुले अस्पतालहरुले शैयाया लुकाएमा कारवाही हुने बताए ।

‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया लुकाएको भेटिएमा कारवाही हुनेछ । ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट उत्पादन गरिने छ’ प्रधानमन्त्री ओलीले कोभिडका औषधिको कृतिम अभाव गर्नेलाई समेत कडा कारवाही गर्ने बताए ।

सेनालाई १००० शैय्याको अस्पताल बनाउन निर्देशन, ठूला अस्पताल अब कोभिड अस्पताल
प्रधानमन्त्री ओलीले ठूला अस्पताललाई कोभिड अस्पताल अस्पतालका रुपमा सञ्चालन गरिने पनि बताएका छन् । यस्तै उनले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा एक हजार शैय्याको शीघ्र कोभिड अस्पताल निर्माण गर्न निर्देशन दिइएको समेत जानकारी दिए ।

ओलीले वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका धेरै शैय्या भएका मेडिकल कलेज ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने प्रधानमन्त्रीले जानकारी दिए ।

प्रदेश सरकारले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड र साना अस्पतालाई ननकोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने ओलीले बताए । यस्तै खुला स्थान, रंगशाला, पार्टी प्यालेस लगायतलाई क्वारेन्टिनको रुपमा विकसित गरिने पनि ओलीले बताए ।

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, अवकास प्राप्तलाई १ वर्ष करारमा भर्ना
सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा सो कुरा बताएका हुन् ।

उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि बताए । यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गरिने पनि ओलीले बताए ।

संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने
प्रधानमन्त्री ओलीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने बताएका छन् । ओलीले यसलाई प्रभावकारी बनाउन सरकारका साथै आमनागरिकको पनि उत्तिकै भूमिका हुने भन्दै कोरोना संक्रमण र रोकथामका लागि जारी भएका स्वास्थ्य मापदण्ड पालनामा जोड दिए ।

उनले आम नागरिकलाई आह्वान गर्दै भने, ‘सकभर घरमै बसौं, घरबाहिर निस्कनै परे सही तरिकाले अनिवार्य रुपमा मास्क लगाऔँ ।’ उनले कोरोनाबाट जोखिम हात धुन, स्यानिटाइजरले हात सफा गर्न, भोजभतेर तथा पर्व घरमै मनाउन, भौतिक दुरी कामय गर्न, भीडभाडबाट टाढै रहन, हल्ला र अफवाहबाट भ्रमित नहुने पनि आम नागरिकलाई सुझाव दिए । चिकित्सक र विज्ञहरुको कोरोनासम्बन्धी सल्लाहलाई पालना गर्न भन्दै उनले धैर्य गर्न र संयमित हुन आग्रह गरे ।

कोरोनाविरुद्धको खोप लगाउनेमा नेपाल भारतपछि पहिलो
प्रधानमन्त्री ओलीले अप्ठ्याराकै बीचमा सरकारले कोभिड-१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको बताएका छन् । आफ्ना देशवासीलाई कोरोना विरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको सोमबार देशवासीको सम्बोधनको क्रममा बताए ।

उनले हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको भन्दै दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको बताए । अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेको बताउँदै उनले यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेको जानकारी दिए ।

सुरक्षाकर्मीलाई गल्ली र टोल-टोलमा खटाउने
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिने बताएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चौबीसै घण्टा गल्ली र टोल-टोलमा सुरक्षाकर्मी खटाइने बताए ।

‘जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ’, ओलीले भनेका छन् ।

जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने तथा परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने पनि ओलीले जानकारी दिए ।

कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस्
यसैगरी सरकारले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा आफू संवेदनशील रहेको बताएको छ । नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीलाई सम्बोधन गर्दै बताएका छन् । उनले सोही कारण महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित रहेको बताए ।

सम्बोधनका क्रममा ओलीले हालसम्म सरकारले कोरोना नियन्त्रणका लागि गरेका कामबारे जानकारी दिँदै आगामी दिनमा गर्ने कामबारे पनि जानकारी दिए । जसअनुसार संक्रमणको साङ्लो चुँडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने भन्दै ओलीले एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको बताए । यसलाई थप कडाई गरिने बताउँदै ओलीले प्रभावकारी ढंगले लागू गर्न पहिलेझै सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको पनि बताए ।

बैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय
ओलीले बैशाख २० गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको बताउँदै २३ गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको पनि बताए । यस्तै स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको र नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको बताए । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको पनि ओलीले बताए ।

स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने भन्दै ओलीले कोही संक्रमित पाइएमा उनीहरुलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको बताए । ओलीले प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको बताए ।

सरकारी तथा अन्य कार्यालयमा एक चौथाई कर्मचारीबाट कार्यसम्पादन गराउन शुरु गरिएको बताउँदै ओलीले अत्यावश्यक बाहेक अन्य कार्यालय, संघसंस्था बैशाख मसान्तसम्म बन्द रहने जानकारी दिए । यस्तै नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको र वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने बताए ।

प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन-कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने ओलीले बताए । सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदाम घर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको पनि उनले बताए । ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने पनि ओलीले बताए ।

सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने पनि उनको भनाइ छ । लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिने भन्दै ओलीले लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने जानकारी दिए । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको उनले बताए ।

कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवन रक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको पनि सम्बोधनका क्रममा बताए । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिने उनको भनाइ छ । स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने पनि उनले बताए ।

कोभिड-१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने पनि ओलीले बताए ।

प्रतिक्रिया