किन २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई तोडे अर्बपति बिल गेट्स र मेलिन्डा ?

admin

काठमाडौं, २१ बैशाख : अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन् । बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत् आफूहरू २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको जानकारी गराएका छन् । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन सन्तान छन् । बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन् । सम्बन्धविच्छेद भए पनि फाउन्डेसनमा उनीहरूले सँगै काम गर्ने बताएका छन् ।

कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन् । फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । बिल गेट्सले सन् १९७० को दशकमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए । मेलिन्डाले सन् १९८७ मा माइक्रोसफ्टमा प्रोडक्ट म्यानेजरको रूपमा काम सुरू गरेकी थिइन् ।

सन् २००० मा स्थापना गरेको फाउन्डेसनले अहिलेसम्म विश्वभर झण्डै ५४ बिलियन डलरको सहयोग गरिसकेको छ । विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको र सामाजिक कामबाट समेत सधैं चर्चामा रहने यो जोडीको सम्बन्ध विच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ । यसअघि अमेजनका मालिक अर्बपति जेफ बेजोसले पनि आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरेका थिए ।

प्रतिक्रिया