भारतमा चक्रवातका कारण ३३ जनाको ज्यान गयो, आजदेखि चक्रवात कमजोर हुँदै जाने

admin

एजेन्सी, ५ जेठ : अरब सागरमा उत्पन्न भएको ताउ-ते चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको ज्यान गएको छ । गुजरात, केरला, गोवा, महाराष्ट्र, मुम्बइ लगायतका राज्यहरुमा प्रभाव पारेको चक्रवातले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना भन्दा धेरै हराइरहेका बीबीसी हिन्दीले जनाएको छ ।

मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा उनीहरु हराएका हुन् । बेपत्ता भएकाहरुको खोजी भइरहेको भारतीय जलसेनाले जनाएको छ । चक्रवातको असरले गुजरातमा धेरै क्षति पुर्‍याएको छ । भारतीय मौसम विभागले बुधबारदेखि चक्रवात कमजोर हुँदै जाने बताएको छ । गुजरातमा अझै केही समय ठूलो पानी भने पर्ने बताइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवातबाट बढी प्रभावित गुजरातको अवलोकन गरेका छन् । बिहान गुजरातका प्रभावित क्षेत्रको हवाइजहाजबाट अवलोकनपछि गुजरातका मुख्यमन्त्री विजय रुपाणीसँग छलफल गरेको बीबीसीले जनाएको छ । गुजरातमा सन् १९८८ पनि यो यस पटक ठूलो आँधी आएको हो । गुजरातका तटीय क्षेत्रहरुमा विद्युत सेवा र सडकहरु बन्द भएका छन् ।

प्रतिक्रिया