मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

admin

काठमाडौं, १५ जेठ : (आज) शनिबार घोषणा हुन थालेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सरकारले शनिबार अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गर्दैछ । संसदका दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया