मिट ग्रुप फाउण्डेशनद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

admin

काठमाडौँ, २४ जेठ : मिट ग्रुप फाउण्डेशनले सरकारलाई २२० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा फाउण्डेशनका प्रवन्ध संचालक सुरेश चित्रकारले स्वास्थ्य मन्त्री शेर बहादुर तामाङलाई अक्जिसन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।

सहयोग गरिएको अक्जिसन कन्सन्ट्रेटरको मूल्य करिव तीन करोड रुपैया रहेको छ । कार्यक्रममा मन्त्री तामाङले उहाले कोरोना महामारी नियन्त्रण र उपचारका लागि सहयोग प्राप्त भइरहेको जानकारी दिनुभयो ।

नेपाली जनतालाई कोरोनाबाट जोगाउनका लागि खोपका साथै अन्य सवै व्यवस्था गरिरहेको उहाले बताउनुभयो ।शेर घले तथा जमुना घले गुरुङले नेपाल र नेपाली जनताको सेवाको लागी भन्दै मिट ग्रुप फाउण्डेशन स्थापना गर्नुभएको थियो ।

प्रतिक्रिया