एमाले एकता अझै अन्यौलमा, तर अन्तिमसम्म प्रयास जारी

admin

काठमाडौं, ८ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरु सहमतिको अन्तिम प्रयासमा जुट्नुभएको छ । सहमतीय अवस्था सन्तोषजनक बन्न नसके पनि अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने दुवै पक्षका नेताहरुको भनाई छ ।

विपक्षी गठबन्धनका नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने मागसहित गत जेठ १० गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । सो रिटमाथि असार ९ गते बुधबारदेखि वहस शुरु हुँदैछ ।

विपक्षी गठबन्धनमा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका पूर्व सांसदले समेत देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग पत्रमा हस्ताक्षर गरेका छन् ।

एमाले एकतालाई कायम राख्न नेता नेपाल पक्षका पूर्व सांसदहरुले सर्वोच्चमा बहस शुरु हुनुअघि नै हस्ताक्षर फिर्ता लिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको माग छ ।

सर्वोच्चको बहसपछि अनपेक्षित फैसला आउन सक्ने सम्भावना देखेरै पार्टी एकता जोगाउन एमाले अध्यक्ष ओलीले २०७५ जेठ २ कै अवस्थामा एमालेको सबै निकाय क्रियाशील गराउने प्रस्ताव राख्नुभएको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया