अफगानिस्तान : रक्षामन्त्रीको घरमा कार ब’म आ’क्रमण हुँदा चार जनाको ज्यान गएसँगै ११ घाइते

admin

एजेन्सी, २० साउन : विद्रोही समूहले अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार ब’म आ’क्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । आ’क्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले सुरक्षित रहेको बीबीसीले जनाएको छ ।

घटनापछि उनले ट्वीटमार्फत् आत्तिनु नपर्ने भनेका छन् । रक्षामन्त्रीको परिवारका सदस्यलाई उद्धार गरिएको छ । उनीहरु सुरक्षित छन् । ब’न्दुकधारीले बुधबार बिहान काबुलको सबैभन्दा सुरक्षित मानिने रक्षामन्त्रीको घरमा कार ब’म आ’क्रमण गरेका बीबीसीले जनाएको छ ।

साथै उनीहरूले गो’ली पनि चलाएका थिए । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले हिं’सा अन्त्य गर्न आह्वान गरेका बेला अफगानिस्तानमा आ’क्रमणको घटना भएको हो । पछिल्लो घटनामा संलग्नता र ज्यान गुमाउने को हुन् भन्नेबारे पूर्ण रुपमा खुलेको छैन । अमेरिकी सैनिक फिर्ता हुन थालेपछि अफगानिस्तानमा तालिबानले हिं’साका घटना बढाएको छ ।

प्रतिक्रिया