राताम्मे शेयर बजार, हप्ताको पहिलो दिन १५ अर्ब ६५ करोड रुपैयाँको कारोबार

admin

काठमाडौं, १३ भाद्र : हप्ताको पहिलो दिन शेयर बजार राताम्मे भएको छ । नेप्से आइतबार ४८ दशमलव ८४ अङ्कले घटेर तीन हजार ४५ दशमलव २० विन्दुमा झरेको छ । फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर ३० अङ्कले घटेको छ ।

यस्तै विकास बैंक समूहको ५३, व्यापारको ६२, होटलको ३१ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १५ अङ्कले घटेको छ । त्यस्तै जलविद्युत् समूहको शेयर ८९ अङ्कले, जीवन बीमा समूहको तीन सय चार अङ्कले, निर्जीवन बीमाको दुई सय ५३, उत्पादनको ३८, अन्यको ३६ र लगानी समूहको शेयर दुई अङ्कले घटेको छ ।

आइतबार रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशले घटेर नकारात्मक सर्किट लागेको छ । समग्र बजार घटे पनि नारायणी विकास बैंक र खानीखोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । दुई सय २७ कम्पनीका दुई करोड ४८ लाख कित्ता शेयर १५ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको एक अर्ब ३१ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया