आज चार सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १५ भाद्र : मंगलबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । तोलामा चार सय रुपैयाँले घटेर सुनको मूल्य मंगलबार ९१ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९० हजार ७०० रुपैयाँ रहेको छ । यसैगरी मंगलबार चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । महासङ्घका अनुसार मंगलबार चाँदी तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया