आज शेयर बजारमा दुई अर्ब ४६ करोड रुपैयाँको कारोबार

admin

काठमाडौं, ५ पुस : शेयर बजार (आज) सोमबार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेप्से सोमबार १७ दशमलव ९३ अङ्कले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ ।

सोमबार उत्पादन र माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । ५४ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै गोर्खाज फाइनान्सको १९ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

माउन्टेन इनर्जी नेपालको शेयर ६ प्रतिशतले र नारायणी विकास बैंक, मैलुङ खोला जलविद्युत्, तेह्रथुम पावर कम्पनी, समृद्धि फाइनान्स, लिवर्टी इनर्जी र छ्याङ्दी हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि गोर्खाज फाइनान्स र हिमालयन डिष्टिलरीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया