थप दुई सय ३५ जनामा संक्रमण पुष्टि भएसँगै चार जनाको ज्यान गयो

admin

काठमाडौं, १६ पुस : शुक्रबार थप दुई सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ८ सय ५ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र १ हजार १ सय ९९ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाका कारण थप चार जनाको ज्यान गएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९४ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप दुई सय १२ संक्रमित निको हुँदा हालसम्म ८ लाख ११ हजार ९ सय ५ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ८ हजार ७९ सक्रिय संक्रमित आइशोलेशन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया