१२ वर्षे मकर मेला स्थगित

admin

काभ्रे : जिल्ला कोभिड ब्यवस्थापन समिति (डिसीएमसी) काभ्रेले पनौतीको मगर मेला सञ्चालन नगर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी एवं डिसीएमसीका संयोजकका संयोजक शिवराम पोखरेलको संयोजकत्वमा आज बसेको बैठकले १२ बर्षे मकर मेला नगर्ने निर्णय गरेको हो ।

माघ ७ गतेदेखि जिल्लाका सबै होटल, रेष्टुरेन्ट सिनेमा हल, रंगशाला र पार्कमा कोभिड खोप अनिवार्य गरेको छ ।

स्वास्थ्य कार्यालय काभ्रेले धुलिखेल अस्पताल, मंगलटार र दोलालघाटमा एन्टिजेन बुथ सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया