मनोज राज सिवाकोटीको स्वरमा ‘म मरे भने’ म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं, ३ माघ : गायक मनोज राज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘म मरे भने’ बोलको मार्मिक गीतमा शब्द भरत बाबु केसीको र संगीत मनोज राजकै रहेको छ ।

कृष्ण पौडेलले निर्देशन गरेको भिडियो गीतको शब्द अनुसारको भावुक भिडियो बनेको छ । आमेश भण्डारीले उत्कृस्ट अभिनय गरेका छन् । भिडियोले दर्शक श्रोताको मन छुनेमा निर्माण पक्ष आशाबादी रहेको छ ।

इन्दु दनुवारले पनि भिडियोमा आफ्नो अभिनय कौशलता प्रस्तुत गरेकी छिन् । अनुभवी निर्देशक कृष्ण पौडेलले गरेको मेहनत भिडियोमा देखिन्छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन् ।

तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोमा आमेश भण्डारी, इन्दु दनुवार, मिलन दाहाल र अशोक रोक्काको फिचर्ड रहेको छ । भिडियो इन्दु दनुवार अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया