अमेरिकामा छायांकन गरिएको ‘तिमीसँग छुट्टिएर’ म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं, ३ माघ : विगत लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका सुमन दाहालले निर्देशक गरेको ‘तिमिसंग छुट्टिएर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायन रियालिटी शो ‘भ्वाईस अफ नेपाल’का प्रथम विजेता सिडी विजय अधिकारीको स्वरमा रहेको गीत ‘तिमीसँग छुट्टिएर’ को म्युजिक भिडियो माघे सक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको हो ।

सम्राट क्रियसनको यु-ट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा कल्पना पाठकको शब्द रचना रहेको छ भने स्वयम् गायक अधिकारीले संगीत दिएका छन् ।

यस म्युजिक भिडियोमा राजु भण्डारी र निश्मा चापागाईको अभिनय रहेको छ । यो भिडियोलाई छायाँकन तथा सम्पादन अक्की शर्माले गरेका हुन् । यसमा भुपेन्द्र अधिकारीको मिक्सिङ, रेनिश फागोको रंग संयोजन रहेको छ ।

सो गीतको म्युजिक भिडियो संयुक्त राज्य अमेरिकाको लेक्सिन्टन क्षेत्रको रमणीय स्थानमा छायांकन गरिएको छ । निर्देशक दाहालले गत सातामात्रै ‘यो जीवन तिम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया