बिक्रम कालिकोटे र सुचिता खातीको स्वरमा ‘झम्के साँझैमा’ म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं, ५ माघ : गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ ।

‘झम्के साँझैमा’ बोलको लोक तथा दोहोरि गीतमा अमृत खातीको शब्द रचना तथा संगीत रहेको छ । कमल सौरागको संगीत संयोजन रहेको गीत नाचौं नाचौं लाग्ने खालको बनेको छ ।

लोक दोहोरि गीत सुन्ने र हेर्ने दर्शकको लागी यो गीतले भरपुर मनोरंजन दिनेछ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायाँकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारी फिचर्ड छन् । भिडियो डिएआर मुभिजको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया