युक्रेनलाई चाइनाले पठायो मानवीय सहायता

admin

युक्रेन रसिया युद्ध तेस्रो हप्तामा चलिरहेको बेला चाइनाले मानविय सहायता युक्रेन पठाएको छ ।

चाइना ग्लोबल टाइम्सले कम्बल, तौलिया, प्याड, भाँडाकुँडा, बाल्टिन, बिजुली टर्च आदि मानविय सहायताका सामानहरु शुक्रबार युक्रेनी सीमामा पुगेको जानकारी दिएको छ।

केही पश्चिमी देशहरूले युक्रेनलाई ग्रेनेड लन्चर, एन्टी-ट्याङ्क मिसाइल, गोलाबारुद, स्ट्रिङर मिसाइलहरू आदि थप हतियारहरू पठाइरहेको बेला चाइनाले भने मानवीय सहायता पठाएको हो ।

 

 

 

प्रतिक्रिया