बञ्चरेडाँडामा फोहोर नफाली काठमाडौं नै फर्किए टिपरहरू

admin

काठमाडौं, २५ जेठ : काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका टिपरहरू फोहोर नफाली फर्किएका छन् ।

बुधबार बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ ।

सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो । उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो ।

तर, स्थानीयले बुधबार अवरोध गरेपछि प्रहरी नै त्यहाँ पुगेर फोहोर व्यवस्थापन गर्न अघि खटिएको थियो । तर, स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।

त्यसपछि प्रहरीले बाध्य भएर अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । यद्यपि, बन्चरेडाँडाका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित विरोध जारी राखेपछि काठमाडौंको फोहोर विसर्जन हुन सकेन ।

प्रतिक्रिया