सेफ्टी ट्यांक सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

admin

चितवन, २५ गते : चितवनको भरतपुरमा सेफ्टी ट्यांक सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ साढे ६ बजे भरतपुर महानगरपालिका-१९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी ट्यांक सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्विर

कपिलबस्तु शिवराज नपा ९ बस्ने वर्ष २४ का छतिराम थारु अचानक चिप्लिएर ट्यांकमा खसे पश्चात् सँगै काम गरिरहेको भिनाजु नाता पर्ने सोही स्थानका वर्ष २३ का राम चौधरी छतिरामलाई निकाल्न भित्र पसेकोमा दुबै जना निस्किन नसकेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीलेका अनुसार ट्यांकमा खसेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय फूलबारीबाट प्रहरी निरीक्षकको टोली र जिप्रका चितवनबाट प्रनाउ समेतको टोली, नेपाली सेनाको क्याप्टेन र शसस्त्र प्रहरीबाट सप्रनिको टोली खटिई दुबै जनाको शव उद्धार गरि बाहिर निकालिएको थियो ।

दुई वटै शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया