फोहोर व्यवस्थापनमा बालेन शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्छः कृष्ण राई

admin

काठमाडौं, २६ जेठ : प्रतिनिधि सभामा नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् ।

‘भर्खर निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु– हिजो विद्या सुन्दर शाक्यलाई असहयोग गर्ने उपप्रमुख जस्तै आज उपप्रमुखको रुपमा विजय हासिल गर्नुभएको सुनिता डंगोलले तपाईलाई असहयोग गर्नेछैन,’ राईले भने, ‘तपाईँलाई हामी पूर्ण रुपले सहयोग गर्न चाहन्छौं । तर बालेन शाहले संयता अपनाएर अगाडि बढ्न जरुरी छ ।’

फोहोर मैलाले काठमाडौं वासीलाई अत्यन्तै अफ्ठेरो पारेको उनले बताए । काठमाडौंको फोहोर नउठ्दा सिंगो देशलाई प्रभावित बनेको उनले जनाए ।

‘मैले यस विषयमा प्रधानमन्त्रीको मात्र ध्यानाकर्षण गरेको छैन, गठबन्धनको ध्यानाकर्षण गरेको छु,’ उनले भने ।

प्रतिक्रिया