नेशनल प्याब्सनद्वारा काठमाडौँ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७९ आयोजना

admin

काठमाडौ, २६ जेठ : नेशनल प्याब्सन बुढाकिलकण्ठ नगर कार्य समितिको संयोजनमा नेशनल प्याब्सन काठमाडौ जिल्ला समितिद्वारा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७९ आयोजना गरिने भएको छ । भोलीदेखि शुरु हुने उक्त प्रतियोगितामा काठमाडौँ जिल्लाभरका ६१ भन्दा धेरै बिद्यालयका ८६ भन्दा बेसि टिमहरु सहभागी हुने भएका छन्।

नेशनल आइडियल स्कुल, मण्डिखाटारको प्राङ्गनमा उक्त प्रतियोगिता जेष्ठ २७, २८ र २९` गते बिहान ७ बजेदेखी बेलुका ६ बजेसम्म जारी रहनेछ। प्रतियोगिताका बिजयी ५ टिमलाई ट्रफी, मेडल, सर्टिफिकेटका साथै नगद पुरस्कारको समेत व्यवस्था गरिएको नेशनल प्याब्सन बुढाकिलकण्ठ नगर कार्य समितिको सहसचिव तेन्जिङ भुटियाले जानकारी दिएका छन्।

प्रतियोगिताको समापन आइतबार २९ गते नेशनल आइडियल स्कुलकै प्राङ्गनमा हुनेछ। उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना प्रदान गरिने जानकारी नेशनल प्याब्सन बुढानिलकण्ठ नगर समितीका अध्यक्ष नारायण तिमिल्सिनाले जानकारी दिएका छन्।

प्रतिक्रिया