पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्धको प्रदर्शनमा प्रहरी र अनेरास्ववियूबीच झडप, अश्रुग्यास प्रहार

admin

काठमाडौं, ६ असार : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको त्रिचन्द्र कलेज अगाडी प्रदर्शनमा उत्रेका बिद्याथी र प्रहरीबीच झडप भएको छ ।

मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेर बहादुर देउवा र उद्योगमन्त्री दिलेन्द्र बडुको पुत्दा दहन गर्ने क्रममा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि बिद्यार्थीहरुले ढुङ्गा प्रहार गरेका थिए ।

प्रहरीले स्थीतीलाई नियन्त्रणमा लिन लाठीचार्ज र केहि सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा केहि प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरीको एउटा भ्यानमा क्षति पुगेको छ ।

सरकारले गएराति पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा २७–२७ रुपैयाँ मूल्यवृद्धि गरेपछि बिद्यार्थीहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया