थप ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि

admin

काठमाडौँ, १८ साउन : देशभर पछिल्लो २४ घण्टामा नौ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार दुईको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ११ लाख ३१ हजार आठ सय ५३ मा कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो समय थप तीन सय एक सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार नौ सय २६ पुगेको छ । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको छ ।

त्यसैगरी पछिल्लो समय ५५ हजार पाँच सय ५९ ले खोप लगाइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३३ पुगेको छ ।

होम आइसोलेसनमा पाँच हजार दुई सय ७५, संस्थागत आइसोलेसनमा एक सय ५८ आइसियुमा ४३ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया