सिरियामा अलपत्र परेका अस्ट्रेलियाली १७ महिला र बालबालिका सिरियाबाट स्वदेश फिर्ता

admin

इस्लामिक स्टेट (आइएस) को पतनपछि सिरियाली शिविरमा अलपत्र परेका १७ जना अस्ट्रेलियाली नागरिकलाई सङ्घीय सरकारले स्वदेश फर्काएको छ ।

अस्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनीलले शनिबार बिहान चार महिला र १३ बालबालिका सकुशल अष्ट्रेलिया आइपुगेको पुष्टि गरेका छन् ।

आइएसमा सामेल भएका कट्टरपन्थी अस्ट्रेलियाली नागरिकका श्रीमती र छोराछोरी उत्तरपूर्वी सिरियाको अल होल र अल रोज शिविरमा बस्दै आएका थिए ।ओनिलले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षा सल्लाहअनुसार स्वदेश फर्काउने निर्णय गर्दा सुरक्षा, समुदाय र कल्याणकारी पक्षलाई ध्यानमा राखेर अलपत्र नागरिक स्वदेश फर्कने निर्णय गरिएको बताउनुभएको छ ।

“राष्ट्रिय सुरक्षा निकायले विस्तृत काम गरेपछि ती महिला र उनीहरूका छोराछोरीलाई स्वदेश फर्काउने निर्णय व्यक्तिगत मूल्याङ्कनबाट गरिएको हो,” उहाँले भन्नुभयो ।

“सबै अस्ट्रेलियाली नागरिकको सुरक्षाका साथै सुपुदर्गी गरिएकाहरूको सुरक्षामा सधैं ध्यान केन्द्रित गरिने छ ।” ‘द अस्ट्रेलियन’ पत्रिकाका अनुसार सन् २०१९ को जुलाईमा अनाथ बालबालिकाको दुई समूहलाई स्वदेश फर्काइएपछि अस्ट्रेलियालीको यो पहिलो स्वदेश फिर्ती हो ।

प्रतिक्रिया