आज सुनचाँदीको भाउ स्थिर, कतिमा हुदैछ कारोबार ?

admin

काठमाडौं, साउन १९ : आज शुक्रबार सुनचाँदीको भाउ स्थिर रहेको छ । बिहिबार प्रतितोला १ लाख १२ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन स्थिर रहदै प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी पनि स्थिर रहदै प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ।

प्रतिक्रिया