चिकित्सक कुटपिटहरुको विरोधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

admin

काठमाडौं, कात्तिक २१ : ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका हुन् ।

पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको मृत्यु भएको बिषयलाई लिएर मृतकका आफन्तहरु आक्रोशित भएका थिए । सो क्रममा आफुहरुमाथि कुटपिट भएको भन्दै चिकित्सकहरुले स्वास्थ्यकर्मी विरुद्ध हिंसा बन्द गर प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

दुई बिरामीको एकै समयमा भएको मृत्युको घटनाको अनुसन्धान भइरहेको अवस्थामा आफुहरुमाथि कुटपिट भएकाले सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको पाटन अस्पतालका चिकित्सक डा बिमल पाण्डेले बताउनुभयो ।

प्रदर्शनमा सहभागी चिकित्सकहरुले स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर, डाक्टर कुट्न पाइदैन, डाक्टर कुटाई खादैछ, समाज कता जाँदैछ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले कुटपिटका दोषीलाई कारबाही नभएसम्म नियमित सेवा दिन नसक्ने जनाएका छन् ।

 

प्रतिक्रिया