युवा नेता तथा इन्जिनियर दिपेन्द्र थापाद्वारा विद्यार्थीहरुलाई ठुलो सहयोग

admin

भक्तपुर, २० असोज :  युवा नेता तथा फ्रिलेन्स इन्जिनियर दिपेन्द्र थापा मगरले विद्यार्थीहरुलाई विद्यायल पोसाक (टिसर्ट) सहयोग गरेका छन् ।

दिपेन्द्रले आइतबार सुर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल भक्तपुरमा रहेको श्री शान्ति निकेतन माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई २ सय ६० ओटा टिसर्ट सहयोग गरेका हुन् । इन्जिनियर थापा निकेतन मा.बि को पुर्व बिद्यालय व्यवस्थापन समितिका सदस्य समेत हुन् ।

 सूर्यविनायक नगरपालिका ८ का ई.थापा मगरले यस अघि पनि सूर्यविनायकको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई ६६ थान टिसर्ट र ट्रयाकसुट सहयोग गरेका थिए ।

उनले आगामी दिनमा पनि आफूले सकेको सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया