सताक्षीधामलाई गुरुयोजनासहित अघि बढाउन मुख्यमन्त्रीको आग्रह

admin

भद्रपुर, १० मङ्सिर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सताक्षीधामलगायत धार्मिक पर्यटकीयस्थललाई गुरुयोजनासहित अघि बढाउनुपर्ने बताउनुभएको छ । गुरुयोजनासहित अघि बढाइएका पर्यटकीय महत्व बोकेका पूर्वका धार्मिकस्थलका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारको नीति रहेको उहाँले बताउनुभयो ।

झापाको शिवसताक्षी नगरपालिका–११ मा रहेको प्रसिद्ध धार्मिकस्थल सताक्षीधाममा आज आयोजित सताक्षी गोरक्षा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सताक्षीधाम प्रदेश नं १ कै प्रसिद्ध धार्मिक ऐतिहासिकस्थल भएकोले यसलाई पर्यटकीय दृष्टिले प्रवद्र्धन गर्न प्रदेश सरकारले बजेट दिने वचन दिनुभयो ।

श्रीगोलोक गोवद्र्धन गौशाला, सताक्षीधाम मन्दिर विकास समिति लगायतले आयोजना गरेको उक्त महोत्सव एघार दिनसम्म चल्ने र शिवपुराण वाचन गरिने आयोजक समितिका अध्यक्ष सन्त नन्दकिशोर भारद्वाजले जानकारी दिनुभयो । कार्यक्रममा सङ्घीय सांसद एलपी सावा, प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मालगायतले सताक्षीधामको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारसँग बजेट माग गर्नुभएको थियो ।
-रासस

प्रतिक्रिया