झापाका ८ सहित थप ९ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ४५३ पुग्यो

admin

काठमाडौं, ८ जेठ : नेपालमा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो पटक रुपन्देहीमा एक र झापाका आठ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुष तथा झापाका १७ वर्षका, दुई जना १८ वर्षका, दुई जना २० वर्षका, २३ वर्षका, ५२ वर्षका र ५५ वर्षकालाई कोरोना पुष्टि भएको हो ।

यसअघि बिहीबार बिहान १७ जनालाई सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या चार सय ५३ पुगेको छ भने तीन जनाकोे ज्यान गएको छ । ४९ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया