काठमाण्डौ उपत्यकामा ४६४ सहित १०८१ कोरोना संक्रमित थपिए

तुलसी नेपाल

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा ४६४ सहित देशभर पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।

हाल क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन्।

प्रतिक्रिया