नवनियुक्त प्रदेश प्रमुख राजेश अहिराजलाई १०१ किलोमा माला

admin

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई १०१ किलोमा माला लगाएर स्वागत गरिएको छ। आइतबार जनकपुर विमानस्थलमा केपी शर्मा ओली नेतृत्वको नेकपाका युवाले झालाई स्वागत गरेका हुन्।

झालाई युवा संघका केन्द्रीय उपाध्यक्ष संजिव झाको नेतृत्वमा युवाले स्वागत गरेका हुन्। स्वागतका क्रममा युवाले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नारा लगाएका थिए।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी झालाई नियुक्त गरेकी थिइन्। झाको स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा विमानस्थल पनि पुगेका थिए।

प्रतिक्रिया