३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु नागरिकका लागि खुला

admin

भक्तपुर , १३ जेठ: बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु नागरिकका लागि खुला गरिएको छ ।

कोभिड–१९ को महामारीका कारण २०७६ साल चैतदेखि नागरिकका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरमा रहेको स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु हिजोदेखि नागरिक लागि खुला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि भाइरसको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको थियो । कोरोना महामारी कम भएकाले भक्तपुर तलेजु साढे दुई वर्षपछि आजदेखि नागरिक तथा दर्शनार्थीका लागि खुला गरिएको उहाँले बताउनुभयो ।

स्वर्णद्वारबाट प्रवेश गरेर भक्तपुर तलेजु, सुन्धारालगायतका ऐतिहासिक एवम् पुरातात्विक संरचना हेर्न भक्तपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलेसमेत प्रवेश पाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया