भारतीय जजहरुलाई अचम्मित पार्दै ११ वर्षिय पृतमले भारतमा तहल्का मच्चाउँदै (भिडियो)

मनिषा थापा

भक्तपुर : नेपालका ११ वर्षिय पृतम आचार्यले भारतिय शोमा तहल्का मच्चाउदैँ छन् । इटहरीमा जन्मिएका प्रितमका अद्भुत प्रस्तुति देखेर भारतका दिग्गज जजहरु पनि अचम्मित बन्ने गरेका छन्।

उनका धेरै कभर गीतहरु युट्युबमा भाइरल बनेका छन्। उनले संगीतका साथसाथै मोडलिङ पनि गरिसकेका छन्। सारेगमपको टिजरमा उनले गाएको गीत र जजहरुले दिएको तारिफ देख्न सकिन्छ। ‘सरेगामापा’ यही आउँदो फेब्रेवरीबाट शुरु हुने तयारीमा छ।

हुन त यस अगाडी पनि भारतका विभिन्न रियालिटी शोमा नेपाली कलाकारहरुले आफ्ना दमदार प्रस्तुति दिएर विजेताको उपाधी समेत हात पार्न सफल भईसकेका छन्। यस अघि मेनुकाले पनि सारेगमपमाको स्टेजमा तहल्का मच्चाएकी थिइन्। हेरौं हामी पनि ११ वर्षिय पृतम आचार्यको ‘सरेगामापामा’ दिंदै आएका दमदार प्रस्तुति…..

 

 

प्रतिक्रिया