दुर्घटनामा परी नायिका सिलवालको ज्यान गयो

अस्मिता बेल्बासे

धादिङ, १ फागुन : स्कुटर दुर्घटनामा परी नायिका महिमा सिलवालको ज्यान गएको छ ।

बुधबार साँझ भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गजुरी गाउँपालिका वडा नम्बर दुई चाम्बासमा नायिका सिलवालको ज्यान गएको हो ।

बसको ठक्करबाट घाइते सिलवालको प्राथमिक स्वास्थ्य उपचार केन्द्र गजुरीमा उपचारका क्रममा ज्यान गएको हो । उनीसँग स्कुटरमा सवार उनकी बहिनी शर्मिला सिलवालको पनि ज्यान गएको छ ।

उनीहरुको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ ।

फिल्म ‘कारबाही’ बाट अभिनय यात्रा सुरु गरेकी सिलवालले ‘अप्रिलफुल’, ‘सुब्बा साव’ लगायत १५ बढी फिल्ममा अभिनय गरेकी महिमा म्युजिक भिडियोमा पनि उत्तिकै चिनिएको नाम हो । उनी चितवनको भरतपूर महानगर १२ की स्थायी बासिन्दा हुन्।

प्रतिक्रिया