थप ३३९ जनामा संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुग्यो

admin

काठमाडौं, १२ माघ : सोमबार देशभर तीन सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६९ हजार सात सय ८९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा चार सय एक जना निको भएसँगै संक्रमण भएर निको हुनेको संख्या दुई लाख ६४ हजार पाँच सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप १० जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुगेको छ । अहिले नेपालमा तीन हजार दुई सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया