एम्बुलेन्स चालकमाथि कु’टपिट

admin

गुल्मी, १२ जेठ :  गुल्मीमा एक एम्बुलेन्स चालकमाथि कु’टपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कु’टपिट भएको प्र’हरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेयका अनुसार एम्बुलेन्स चालकलाई रेसुंगा नगरपालिका– १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले कु’टपि’ट गरेको बताए ।

चालक खत्रीको टाउकोमा गम्भी’र चो’ट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा उपचार गर्न ल्याएको छ ।  घ’टनाबारे थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ । कुटपिटमा संलग्न व्यक्तिको पहिचान भैसकेको र खोजी कार्य तीव्र पारिएको प्र’हरीको भनाई छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र श्रेष्ठले दिनरात कोभिडका बिरामी बोकेर गाउँ, सहर र अस्पताल दौडने एम्बुलेन्स चालकको सुरक्षाका विषयमा सरकार थप गम्भीर बन्नुपर्ने  माग राखे । उनले घ’टनाका दोषीलाई तत्काल प’क्राउ गरी कारवाही गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया