नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा

admin

 रौतहट, १७ जेठ : रौतहट प्रहरीले आफुलाई प्रहरी हो भन्दै सर्वसाधरणबाट रकम असुल गर्ने एकजनालाई प’क्राउ गरेको छ । प्र’हरीले गएराती गौर नगरपालिका वडा नम्बर २ स्थित महादेवपट्टी टोलमा बस्ने ३० वर्षीय सुशील पटेललाई प’क्राउ गरेको हो ।

प’क्राउ परेका पटेलले स्थानीयमा आफु प्र’हरी हो भन्दै ध’म्की दिने गरेको र निषेधाज्ञाको समयमा मानिस र सामानहरु नेपाल भारत सिमाबाट आवतजावत गराईदिने प्रलोभन दिई स्थानिय मानिसहरुबाट रकम असूल गर्दै आएको जिल्ला प्र’हरी कार्यालय रौतहटका प्रवक्ता प्र’हरी नायव उपरिक्षक भरत श्रेष्ठ जानकारी दिनुभयो ।

उहाँका अनुसार पटेलले स्थानियहरुलाई आफु नेपाल प्रहरीमा कार्यरत रहेको र पैसा दिए आफुले नेपाल भारत आवतजावत सहज बनाइदिने भन्दै पैसा माग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्लामा वैशाख २४ गतेदेखि निधेषाज्ञा जारी भएसँगै नेपाल भारत आवतजावतमा प्र’हरीले निकै कडाइ गरेकोले यादवले सोही अवस्थाको फाइदा लिनलाई स्थानियलाई नेपाल–भारत आवजजावत सहज गराइदिने भन्दै रकम माग गरेको हुनसक्ने प्र’हरीको आशंका छ । स्थानीयको उजुरीको आधामा उनलाई पक्राउ गरेर १० दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जनाउनुभयो ।

प्रतिक्रिया