पाकिस्तानी प्रधानमन्त्रीद्वारा अफगानिस्तानलाई सहयोग गर्न आग्रह

admin

एजेन्सी, ५ पुस : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । खानले पाकिस्तानमा सम्भावित मानवीय सङ्कट पैदा हुन नदिन अन्तर्राष्ट्रिय समुदाय समक्ष सहयोगको अपिल गरेका हुन् ।

उनले भनेका छन्, ‘अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसके त्यहाँ मानवीय सङ्कट पैदा हुनेछ ।’ अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको बीबीसी हिन्दीमा उल्लेख छ ।

उनले अहिले पनि अफगानिस्तानमा ठूलो सङ्कट परेको र यसलाई समयमै समाधानको उपाय नखोज्ने हो भने यसबाट समस्या पनि उत्पन्न हुन सक्ने बताएका छन् । गएको अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसङ्ख्या गरिबीमा रहेको र त्यस समयमै यहाँका करिब ७५ प्रतिशत बजेट वैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उनले आउँदो दिनहरु अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने बताएका छन् ।

उनले तालिबानको शासन सुरु भएपछि अफगानिस्तानको अवस्था झन् नाजुक बन्दै गएको बताए । अहिले वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै उनले वैदेशिक सहायताका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन् । उनले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले सहयोग गर्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया