आज सामान्य बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १२ पुस : (आज) सोमबार सुनको मूल्य सामान्य बढेको छ । (हिजो) आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले बढेर सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ९३ हजार एक सय थियो ।

यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तेजाबी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ थियो । यसैगरी चाँदी भने सोमबार तोलामा दश रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया