चट्याङ लागेर एक जनाको मृत्यु

admin

काठमाडौं, २५ जेठ : सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जिल्लाको धनगढीमाई नगरपालिका १३ भाल्टरका ४० वर्षीय बुद्ध बहादुर तामाङको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घरमै बसिरहेका उनको आज हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले बताए ।

चट्याङ लागेर बेहास भएका उनलाई उपचारको लागि आरके मेरीसीटी अस्पताल ल्याए पनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो ।

त्यसैगरी, मिर्चैया नगरपालिका ९ देउरालीका ५६ कुमलाल योञ्जन पनि चट्याङ लागेर घाइते भएका छन् ।

प्रतिक्रिया