वीर अस्पतालमा विशिष्टकाे उपचारका लागि थपिए भीआईपी तथा भीभीआईपी कक्ष

admin

काठमाडौं, साउन ९ : वीर अस्पतालले विशिष्ठ व्यक्तिहरुका लागि आवश्यक सुविधा सहित थप भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भिआईपी र भिभिआईपीका लागि दुई शैया छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ५ शैयासहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । वीर अस्पतालमा सञ्चालनमा आएको भिआईपी र भिभिआईपी उपचार कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले निरिक्षण गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्री बस्नेतले भिआईपी र भिभिआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भिआईपी र भिभिआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो । मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमि हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

त्यस्तै उहाले बीरमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी देखिएको बताउनुभयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रीत रहेको जानकारी दिनुभयो ।

वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र नीजि क्षेत्रका गरि १५ सदस्यिय विशेषज्ञ चिकित्सकको टीम बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशिष्ठ व्यक्ति उपचार कक्षमा आवश्यक उपकरण सहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालय सहित किचेन समेतको सुविधा छ ।

 

प्रतिक्रिया